आयो नयाँ IPO सबैलाई पर्ने
मण्डै आधा वर्षपछि आईपीओको खडेरी टर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले पाँच महिनापछि करिब आधा वर्जन कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो बोर्ड श्रोतका अनुसार पाँच वटा कम्पनीले सवा अर्बको आईपीओ जारी गर्ने अनुमति पाएका हुन
यसरी अनुमति पाउनेमा दुई वटा हाइड्रो पावर कम्पनी र तीन वटा लघु वित्त कम्पनी रहेका छन् । बोर्ड श्रोतका अनुसार बलेफी हाइड्रोपावर कम्पनीको ३६ करोड ५५ नाख ९४ हजार रुपैयाँ र ग्रिन भेञ्चरको ६२ करोड ५० नाख रुपैयाँको आईपीओ आउँदैछ यी दुबै जलविद्युत् कम्पनीहरूले स्थानीय र सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछन्
न्यस्तै, जल्पा लघुवित्तको ५ करोड २२ लाख, राष्ट्र उत्थानले ८ करोड ५० लाख र नेस्डो लघुवित्तले ८ करोड १८ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अनुमति नाउँदैछन् । आईपीओ जारी गर्ने अनुमति दिन आवश्यक सबै प्रक्रिया पुरा भैसकेको छ
बोर्ड अध्यक्ष भिष्म ढुंगनालाई सर्वोत्तम सिमेन्टको सेयरसेयर खरिद प्रकरणमा दोषी ठहर गर्दै सरकारले बर्खास्त गरेको थियो । ढुंगानाको बहिर्गमनपछि बोर्डले आईपीओको अनुमति दिएको थिएन् । अर्थमन्त्रालयले बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई निमित्त अध्यक्षको जिम्मेवारी दिएको थियो । केहि दिन अघि बसेको बोर्ड सञ्चालक समिति बैठकले अर्थमन्त्रालयका तर्फबाट सञ्चालक रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई आईपीओको अनुमति दिने अधिकार दिएको थियो ।
यतिबेला ३१ वटा कम्पनीहरुले करिब साढे ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमाinfo24hrs.net
आवेदन दिएका छन् । तपाई हामी सबैलाई अहिले आईपीओ पर्ने अवस्था धेरै कम छ । उही भाग्य भरोसा जस्तै छ । किनभने आईपीओमा आवेदन दिनेको संख्या नै अत्याधिक हुने गरेको छ । तर यसो भन्दैमा तपाईले आवेदन दिन छोड्नु हुँदैन्
सबै एउटै मान्छेलाई आईपीओ परिरहेको पनि हुँदैन् त्यसैले तपाईलाई पनि कुन दिन पर्छ थाहा हुँदैन् । महिला लघुवित्त र जीवन विकास लघुवित्त एक हजारबाट ५० हजार पुग्ने खालको तपाईलाई परिदियो भने धेरै आईपीओ परे बराबर एउटा आईपीओ हुन्छ । त्यसैले एप्लाई गर्न नछोड्नु होला ।
Post Views: 267
Previous :
धितोपत्र बोर्डले आईपीओ स्वीकृति प्रक्रिया अघि बढायो, अब यी कम्पनिको छिटै IPO आउँदै,
Next:
कर्मचारीहरुले १४ दिन भन्दाबढी बिदा लिन पाउने, यस्तो छ नयाँ नियम !
Comments
Post a Comment